महान् मानिसलाई शासन गर्न सकिँदैन-ऐन रेन्ड

ऐन रेन्ड रूसी-अमेरिकी उपन्यासकार, दार्शनिक तथा पटकथा लेखक हुन । ‘एटलस श्रग्ड’ र ‘द फाउन्टेनहेड’ उनका प्रशिद्द कृति हुन् ।
१ . सबैलाई आफ्नो निर्णय आफैले लिने पूर्ण अधिकार छ तर कसैलाई आफ्नो निर्णय अरू माथि थोपर्ने अधिकार छैन ।
२. यदि राम्रो र नराम्रो बीचमा सम्झौता भयो भने लाभ खराब पक्षलाई नै हुनेछ ।
३. महान मानिसहरूलाई कहिल्यै शासन गर्न सकिदैन ।
४. जो भविष्यका लागि लडिरहेको छ त्यो आज पनि भविष्यमै बाँचिरहेको छ ।
५ . धन ( सम्पत्ति मानिसको सोच्ने क्षमताको उपज हो ।
६ . तपाईंले आफ्नो काम कत्तिको राम्रोसँग गर्नुहुन्छ बाहेक अरू कुनै कुराले फरक पार्दैन।
७ . सत्यबाट भाग्न सकिन्छ तर सत्यको नतिजाबाट जोगिन सकिँदैन।
८ . भ्रष्ट मानिसहरूमा जिवनको कुनै निश्चित लक्ष्य हुँदैन ।
९ . पैसा समाजका गुणहरू मापन गर्ने औजार हो।
११ . यदि कोहि गर्न लायक छ भने त्यहाँ गर्न लायक चीजहरू पनि धेरै हुन्छन् ।
११ . उच्च वर्ग देशको भूत हो भने मध्यम वर्ग भविष्य हो।
प्रतिक्रिया