बिहीबार, वैशाख ११, २०८२

श्री १००८ खप्तडबाबा

नेपालखोज २०८० जेठ १६ गते ५:१९

यदि तिमी आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न चाहन्छौ भने विचारहरूलाई शुद्ध बनाउने अभ्यास गर । तिम्रा विचार जब उत्तम र उचित मार्गमा चल्न थाल्नेछन् तब तिम्रो तेज, बल, आरोग्य र ऐश्वर्य आफै बढ्न थाल्नेछ । त्यसबाट तिमीलाई अत्यन्त आनन्द र असीम शान्ति प्रतीत हुन थाल्नेछ र तिम्रो जन्म सफल हुन जानेछ ।

हिँड्दै रहनाले कमिला धेरै योजना टाढा पुग्छ तर धेरै उड्ने पक्षीहरूको राजा गरुड पनि म एकैछिनमा पुगिहाल्छु नि भन्ने सोचेर बसिरहनाले एक पाइलो पनि चल्न सक्दैन । सफलता प्राप्त गर्नका लागि यो दोस्रो मन्त्र हो ।

प्रिय मित्रहरू १ अब तिमीहरू आफ्नो मनबाट असन्तोष र निराशाका भावनाहरूलाई निकालिदेऊ र मुख ( मण्डलमा मृदु ( हास्यका भावहरूलाई धारण गर , सदा प्रसन्नचित्त रहने गर । प्रेम र सहानुभूतिका भाव मनमा धारण गर । सदैव सोझो हिँड्ने र सोझो बस्ने अभ्यास गर जसले तिम्रो छाती बाहिरतिर निक्लिरहोस् र फोक्सोले पूर्णतया वायु लिन सकोस् । अनि त तिमीलाई होच्याउन सक्ने संसारमा कोही हुने छैन । यस कुरालाई दृढतासाथ धारण गर ।

जो मानिस पाप वा भूलको तर्फ आफ्नो हृदयरूपी द्वारलाई बन्द राख्दछ र ईश्वर तथा सत्यतर्फ द्वारलाई खुला राख्दछ । त्यो घोर अन्धकारबाट निक्लेर उज्ज्वल प्रकाशमा आउँछ । उसका लागि पाप र भूल अदृश्य हुन जान्छन् । प्रभुको साम्राज्यमा प्रवेश गर्ने बित्तिकै पाप र भूल सदाका लागि बिदा भइहाल्छन् ।

त्यो परमात्माको कोखमा विश्राम लिन लाग्दछ । उसमा नवीन चैतन्यता आउन थाल्छ र प्रभुमय भई जीवन (मुक्त हुन जान्छ । उसलाई स्मरण हुन्छ । हजारौं रात्रि अन्धकारमा बितेका हुन् र अब प्रभुको उपकार , स्मरण गर्ने सुअवसर प्राप्त भएको छ ।

ब्रह्मज्ञानी परमपूज्य श्री १००८ खप्तडबाबा (तत्पुरुषका करकमलबाट लेखिएको ‘विचार(विज्ञान’बाट ।


प्रतिक्रिया