मान्छेको दिमाग पढ्ने खोजमा लागे वैज्ञानिक

काठमाडौं । पछिल्ला दिनमा आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) को क्षेत्रमा अनुसन्धान तथा नवीनतम प्रयोग बढ्दो छ ।
यसै सिलसिलामा एआई टुल च्याट जीपीटीको लोकप्रियता तथा अनेक कोणबाट बहस भइरहँदा टेक्सस विश्वविद्यालयले एक पृथक अनुसन्धान थालेको छ ।
टेक्सस विश्वविद्यालयले कुनै पनि मानिसले केही कुरा सुन्दा आफ्नो मस्तिष्कमा के कुरा कल्पना गरेको छ भन्ने विषयलाई ‘टेक्स्ट’ को माध्यमबाट उतार्न मिल्ने एआई आधारित प्रविधि विकासका लागि अनुसन्धान सुरू गरेको हो । उक्त प्रविधिलाई ‘सिमेन्टिक डिकोडर’ भनिएको छ ।
यो प्रविधिमाथिको अनुसन्धान सफल भए मानसिक रूपमा सचेत तर शारीरिक रूपमा बोल्न नसक्ने व्यक्तिहरूका लागि फलदायी हुने अपेक्षा गरिएको अध्ययन रिपोर्टमा उल्लेख छ ।
नेचर न्यूरोसाइन्स जर्नलका अनुसार यस प्रविधिको अनुसन्धानको नेतृत्व न्यूरोसाइन्स र कम्प्युटर विज्ञानका सहायक प्राध्यापक एलेक्स हुथले गरेका छन् ।
प्रतिक्रिया