जिओ मोबाइल स्टोरले गर्यो थाइल्यान्ड भ्रमणको व्यवस्था

काठमाडौं । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने प्रज्वल केसी र निरज कुशुवाह भाग्यशाली विजेता घोषित भएका छन् ।
गत फागुन २१ देखि वैशाख मसान्तसम्मसंचालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये ‘लक्की ड्र’ मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिए अनुसार बुधवार सो नतिजा सार्वजनिक गरिएको थियो ।
सेवाग्राही केसी र कुशुवाहाले चार रात र पाँच दिनका लागि उपहार स्वरूप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् । युवा उद्यमीहरूको समूहद्वारा प्रवद्र्घन गरिएको जोय ग्रुपद्वारा सञ्चालित जिओ मोबाइल नेपालकै व्यापारिक केन्द्र पाको स्थित न्यूरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित छ ।
सो विक्री केन्द्रमा समय समयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ । यससँग सम्बन्धित विस्तृत जानकारी केन्द्रको टिकटक पेजमा पोष्ट गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया