नेपालमा ८१.१९ प्रतिशत हिन्दु
नेपालखोज
२०८० जेठ २० गते २२:०५

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने तथ्य सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालमा हाल ८१।१९ प्रतिशत जनसंख्या हिन्दु रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दुई करोड ९१ लाख ६४ हजार पाँच सय ८७ कुल जनसंख्यामध्ये एक करोड एक लाख ५९ हजार सात सय ९० पुरुष तथा एक करोड दुई लाख तीन हजार सात सय ५९ महिला हिन्दु धर्मावलम्बी छन् ।
यसैगरी, ८.२१ प्रतिशत बौद्ध, ५.०९ प्रतिशत इस्लाम, ३.१७ प्रतिशत किराँत धर्मावलम्बी छन् ।
१.७६ प्रतिशत क्रिश्चियन, ०.३५ प्रतिशत प्रकृतिपूजक, ०.२३ प्रतिशत बोन, ०.०१ प्रतिशत जैन, ०.०१ प्रतिशत जैन धर्मावलम्बी रहेको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया