तिमिहरु मर
अर्जुन पराजुली
२०८० जेठ २७ गते ८:२८

तिनीहरूले
मेरा हजुरबालाई भने- तिमी मर
तिम्रा छोराछोरीले सुख पाउनेछन्
हजुरबाले पत्याए
र, मरे ।
त्यसपछि तिनीहरूले मेरा बालाई भने-
तिमी मर
तिम्रा छोराछोरीले सुख पाउनेछन्
बाले पत्याए
र मरे !
त्यसपछि तिनीहरूले
मलाई भने-
तिमी मर
तिम्रा छोराछोरीले सुख पाउनेछन्
मैले पनि पत्याएँ
र म पनि मरेँ !
आज तिनीहरूले
मेरा छोराछोरीलाई भन्दैथे
तिमीहरू मर
तिम्रा छोराछोरीले सुख पाउनेछन्
तर अहिले
मेरा छोराछोरीले
तिनीहरूलाई भने-
अब तिमीहरू मर
हाम्रा छोराछोरीले सुख पाउने छन् !

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया