प्रधानमन्त्रीले गरे पशुपतिनाथको दर्शन
नेपालखोज
२०८० जेठ २७ गते १९:४०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथको दर्शन गरेका छन् ।
शनिबार साँझ पशुपतिनाथ मन्दिर पुगेर प्रचण्डले दर्शन र अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड केही समयअघि मात्रै भारत भ्रमणबाट फर्किएका थिए । उनले भारतको उज्जैनस्थित मन्दीरमा पुजा समेत गरेका थिए ।
गैरू वस्त्र लगाएर पुजा गरेको तस्बिरहरू बाहिरिएपछि उनको आलोचना समेत भएको थियो ।
भ्रमणपछि नेपाल फर्किँदा आफू कम्युनिष्टसँगै प्रधानमन्त्री पनि भएकाले कूटनीतिका लागि पुजा गरेको बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया