बिहीबार, वैशाख ११, २०८२

सदगुरु वाणी !

नेपालखोज २०८० जेठ २८ गते ५:१७

– आफूलाई सुरक्षित राख्ने भौतिक प्रक्रियाको रूपमा दुखाइ राम्रो हो । तर, त्यो दुखाइबाट पीडित हुनु यस्तो कुरा हो जुन तपाईं आफ्नो मनमा उत्पन्न गर्नुहुन्छ ।

– तपाईंले जे गरिरहनु भएको छ, त्यो तपाईं वरपरको जीवनको निम्ति महत्त्वपूर्ण छ भन्ने कुरामा तपाईं स्पष्ट हुनुहुन्छ भने, अरू मानिसहरूको धारणाले केही अर्थ राख्दैन ।

– यदि तपाईं अनजान क्षेत्रमा हुनुहुन्छ भने, निर्देश लिनु समझदारी हो ।

– पूरै अस्तित्व स्पन्दन हो, साथै विचारहरू पनि स्पन्दन हुन् । यदि तपाईंले शक्तिशाली विचार उत्पन्न गर्नुभयो भने, त्यो वास्तविकता बन्न सक्ने छ ।

– यदि हामीले एक(अर्काका समस्याहरूमा समझदारी व्यक्त गरेनौँ भने, कुनै समाधानहरू निस्किने छैनन्— हामी एक(अर्कासँग केवल लडिरहने छौँ ।

– पूर्णिमाको रातमा, भित्र र बाहिर ऊर्जाको स्तर बढ्दछ । साथै, यो ऊर्जालाई स्वास्थ्य, आनन्द र सफलताको लागि उपयोग गर्ने तरिकाहरू रहेका छन् ।

– तपाईं कति तालमेलमा हुनुहुन्छ, तपाईं कसरी बस्नुहुन्छ, कसरी उभिनुहुन्छ, कसरी श्वास फेर्नुहुन्छ— यसैबाट यो तय हुन्छ कि तपाईंको शरीरले कसरी काम गर्दछ र कति लामो समयसम्म काम गर्दछ ।

– हामीले आफूभित्र आफूले चाहेको जुनसुकै कुरा उत्पन्न गर्न सक्छौँ— चाहे पीडा वा आनन्द, डर वा प्रेम, चिन्ता वा परम–आनन्द ।

– केही प्राप्त गर्नु सफलता होइन । जब तपाईंभित्रको जीवन सानदार तरिकाले चलिरहन्छ, त्यही सफलता हो ।

– जब प्रखर सजगता र जागरूकताबाट तपाईंभित्र स्थिरता आउँछ, तपाईंको बोध कैयौँ तरिकाहरूले खुल्दछ, जुन सम्भव छ भनेर तपाईंले कहिल्यै सोच्नुभएको छैन ।

प्रतिक्रिया