राष्ट्र बैंकले गर्यो पुनः २८ अर्ब ५० करोड रुपैयाँँ बराबरको ट्रेजरी बिलको बिक्री आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने जेठ ३० गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०८० असार २६ गते, २०८० भदौ २६ गते, २०८० मङ्सिर २६ गते र २०८१ जेठ २९ गते तोकिएका छन् ।
यी ट्रेजरीहरु बिलहरू मध्ये ९१ दिने अवधिको आठ अर्ब ५० करोड रुपैयाँ मध्ये तीन अर्ब ५० करोड रुपैयाँ बराबरको टे«जरी बिल नयाँ भए पनि बाँकी भने सबै नै पुरानो नवीकरण अन्तर्गतका रहेका छन् ।
यसअघि जेठ २२ गते पनि राष्ट्र बैकले ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो

प्रतिक्रिया