सात अंकले बढ्दा दुई अर्ब ८८ करोड रुपैयाँको शेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ ।
अघिल्लो दिन ४० दशमलव २८ अंकले बढेको नेप्से आज पनि सात दशमलव ७९ अंकले बढेर १९ सय ८७ दशमलव ८७ अंकमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंंकले बढेर तीन सय ७३ दशमलव ३५ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ४९ हजार नौं सय ४४ पटकको कारोबारमा ७४ लाख ५४ हजार सात कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८८ करोड ६५ लाख नौं हजार चार सय १५ रुपैैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सात वटा समुहहरुको सुचक घटेर छ वटा समुहहरुको सुुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव एक अंकले बढेर १२ सय १५ दशमलव ४६ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि सात दशमलव ६६ अंकले बढेर १० हजार एक सय ३४ दशमलव २२ अंकमा पुगेको छ ।
उत्पादनमुलक समुहको सुचक पनि एक सय दुई दशमलव ९९ अंकले बढेर पाँच हजार एक सय २४ दशमलव ८० अंकमा पुगेकोमा होटल तथा पर्यटन, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः चार सय ५१ दशमलव ९९, १४ दशमलव ९४ र शुन्य दशमलव ६५ अंकले बढेका छन् ।
बिकास बैंक समुहको सुचक भने १८ दशमलव ६३ अंकले घटेर तीन हजार सात सय एक दशमलव १८ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि १६ दशमलव २५ अंकले घटेर १६ सय ८२ दशमलव २४ अंकमा झरेको छ ।
यसैगरी जलबिद्युत समुहको सुचक पनि सात दशमलव ८८ अंकले घटेर २५ सय १९ दशमलव ५४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ७० अंकले घटेर १० हजार तीन सय ९३ दशमलव ६६ अंकमा पुगेको छ ।
यि बाहेक लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य पाँच, शुन्य दशमलव शुन्य एक र तीन दशमलव ४० अंकले घटेका छन् ।
नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयर मुल्य १० प्रतिशतले बढेर छ सय ९३ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा प्रभु स्मार्ट फण्डको प्रतियुनिट शेयर मुल्य १० प्रतिशतले घटेर आठ रुपैंयाँ ६५ पैसा अन्तिम मुल्यमा प्रतियुनिट शेयर कारोबार भएको छ ।
सोल्टी होटल लिमिटेडको भने प्रतिकित्ता तीन सय ७५ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा १५ करोड २८ लाख ५८ हजार आठ सय २१ रुपैंयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया