गरुड पुराणका यी कुरामा ध्यान दिऊँ

गरुड पुराण ग्रन्थको बारेमा धेरैलाई थाहा होला । यसलाई हिन्दू धर्मको महत्वपूर्ण पुस्तक मानिन्छ, जुन १८ महापुराण मध्ये एक हो । सामान्यतया धेरैले गरुड पुराणलाई स्वर्ग, नर्क, पाप, पुण्य, मृत्यु, पुनर्जन्म, यमलोक आदिसँग सम्बन्धित ग्रन्थ मान्छन् तर यसका साथसाथै गरुड पुराणमा ज्ञान, विज्ञान, नीति, नियम, धर्म आदिसँग सम्बन्धित धेरै कुराहरू बताइएका छन् ।
गरुड पुराणमा बताइएका यी कुरालाई याद गर्ने व्यक्तिको जीवनमा सधैं खुशी छाउँछ। गरुड पुराण एउटा यस्तो ग्रन्थ हो जसले मानिसको जीवनको अन्त्यको रहस्य पनि बताउँछ। आजको दौडधुपको जीवनमा मानिसको जीवन नीरस र तनावपूर्ण भएको छ । गरुड पुराणमा सुखी जीवन बिताउने धेरै रहस्यहरू बताइएको छ । गरुड पुराण मार्फत हामिले सुखी, तनावमुक्त र सफल जीवन जिउनका लागि आधारभूत मन्त्रहरू जान्न सक्छौं ।
यस्तो लुगा लगाउँ : हरेक व्यक्ति जीवनमा सफल र धनी बन्न चाहन्छ तर यसका लागि भाग्यको साथ हुनु धेरै महत्त्वपूर्ण छ । गरुड पुराण अनुसार जसले फोहोर, मैलो र दुर्गन्धित कपडा लगाउँछ उसको भाग्य नष्ट हुन्छ । त्यस्ता व्यक्तिसँग देवी लक्ष्मी पनि प्रसन्न हुँन्नन् र मानिस सफलताबाट टाढा पुग्छ । त्यसैले सधै सफा र सुगन्धित लुगा लगाउनुपर्छ ।
दिनहुँ नुहाउनु : गरुड पुराण अनुसार मानिसले दैनिक स्नान गर्नुपर्छ । जो दिनहुँ नुहाउँदैनन्, उनीहरुमा नकारात्मक ऊर्जाको बास हुन थाल्छ र त्यस्ता व्यक्तिसँग देवी लक्ष्मी पनि क्रोधित हुने बताइन्छ । त्यसैले दिनहुँ नुहाएर भगवानको आराधना गरी शरीर सफा राख्नुपर्छ ।
तुलसीको बिरुवाको महत्व : गरुड पुराणमा पनि तुलसीको बिरुवाको महत्व उल्लेख छ । जुन घरमा हरियो तुलसीको बोट हुन्छ, त्यहाँ सधैं समृद्धि रहने जनविश्वास छ । यसका साथै यस्ता घरबाट रोग र दोष पनि टाढा जान्छ । तुलसीको पूजा गर्दा भगवान विष्णु पनि प्रसन्न हुन्छन् ।
माथि उल्लेखित जानकारि प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया