सदगुरु वाणी !

– यत्तिकै बाँच्नु मात्र पर्याप्त छैन । यो महत्त्वपूर्ण छ कि तपाईं सशक्त जीवन बाँच्नुहोस् ।
– जब तपाईंलाई कसैले उपदेश दिन्छन्, सर्वप्रथम यो हेर्नुहोस् कि के त्यसले उनीहरूको निम्ति काम गरेको छ रु
– स्वास्थ्य भनेको रोग नहुनु मात्रै होइन । बरु सम्पूर्णता हो, जहाँ शारीरिक, मानसिक र आध्यात्मिक खुसीयाली समेटिएको हुन्छ ।
– तपाईं जीवनलाई यसको उच्चतममा तबमात्र देख्न र जान्न सक्नुहुन्छ, जब तपाईं सहज रहनुहुन्छ, न कि तपाईं निकै गम्भीर भएको बेला ।
– यदि तपाईंले सबैभन्दा उच्चतम सम्भावनाको तडपमा आफ्नो जीवन बिताउनुभयो भने, त्यो तडपमा नै मुक्ति निहीत छ ।
– योग भनेको पूर्णतया तालमेलमा हुनु हो । तपाईंको शरीर, मन र ऊर्जाहरू अस्तित्वसँग पूरै तालमेलमा रहन्छन् ।
– मानिसको बुद्धिमत्ता सबैभन्दा उच्च सम्भावनाहरूको निम्ति भऱ्याङ बन्न सक्छ, वा यो सबैभन्दा विनाशकारी हतियार बन्न सक्छ । हामीले यो बुद्धिमत्तालाई चेतनामा प्रस्फुरित हुन दिन्छौँ वा यसलाई पशु(प्रवृत्तिमै सीमित राख्छौँ भन्ने कुराले नै मानव समाज कता जान्छ भनेर तय गर्नेछ ।
– यदि तपाईं आफ्नो मूर्खताप्रति हाँस्न सिक्नुभयो भने, तपाईंमा रहेका सबै रद्दी कुराहरू छिट्टै मल बन्ने छन् । र, विकासको लागि मल राम्रो हो ।
– अबको एकमात्र तरिका भनेको मानिसको बुद्धि, कौशल र सक्षमता सचेतन रूपमा व्यक्त हुनुपर्छ । त्यो भएन भने, कुनै समाधान निस्किने छैन ।
– ध्वनिको आकार र स्पन्दनप्रति संवेदनशील रहनाले जीवनमा गहनता आउने छ ।
प्रतिक्रिया