यी राशिको भाग्य चम्किँदैछ

काठमाडाैं । आज जेठ ३२ गते बिहीबार (२०२३, जुन १५) सूर्य ग्रह मिथुन राशिमा प्रवेश गर्दैछन् । मिथुन राशिमा सूर्यको यो गोचर असार ३१ गते आइतबार (जुलाई १६) सम्म रहनेछ । यो ग्रहस्थितिमा ६ वटा राशिका व्यक्तिहरूलाई लाभ मिल्नेछ ।
मेष- प्रशासनको सहयोग प्राप्त हुनेछ भने प्रगतिको योग पनि बन्नेछ । सञ्चार प्रणालीबाट महत्त्वपूर्ण लाभ प्राप्त हुने सम्भावना छ ।
वृष- आम्दानी वृद्धि हुनेछ भने कुनै पनि सम्पत्ति वा घरजग्गामा लगानी हुन सक्छ । यसबिच राम्रो नाफा पनि मिल्नेछ ।
सिंह- यो महिना आर्थिक लाभ हुनेछ । कतै लगानी गरिएको छ राम्रो फाइदा प्राप्त गर्न सकिनेछ ।
कन्या- सूर्यको यो स्थिति कन्या रासिका लागि शुभ र फलदायक साबित हुनेछ। यो अवधिमा रोजगारी भएका व्यक्तिहरूले नयाँ उचाइ छुन सक्छन् ।
तुला- मिथुन राशिमा सूर्यको गोचरपछि भाग्यको पूर्ण साथ मिल्नेछ । व्यापारबाट राम्रो लाभ लिन सकिनेछ ।
वृश्चिक- आयात–निर्यात व्यवसायमा नाफाको अवस्था छ । फार्मेसीको काम गर्नेहरूले यो अबधिमा राम्रो नाफा कमाउन सक्छन् ।
प्रतिक्रिया