गीताको ५ उपदेशले बदल्छ हाम्रो जीवन

श्रीमदभागवत गीतामा भगवान श्रीकृष्णको शिक्षाको वर्णन गरिएको छ । भगवान कृष्णले अर्जुन मार्फत संसारलाई गीता उपदेश दिएका थिए । महाभारतको युद्धको मैदानमा कृष्णले अर्जुनलाई अमुल्य पाठ सिकाएका थिए ।
श्रीकृष्णको उपदेश सुने पछि नै अर्जुन आफ्नो लक्ष्य पूरा गर्न अघि बढेका थिए । भनिन्छ जीवनको हरेक समस्याको समाधान गीतामा पाइन्छ ।
गीतामा भनिएको श्रीकृष्णको वचनले हामीलाई आज पनि जीवनमा अगाडि बढ्न प्रेरणा दिन्छ । कुनै पनि समस्याको समाधान वा जीवनमा सफलता पाउन गीताका केही कुरालाई सधैं ध्यानमा राख्नुपर्छ । गीताका यी ५ कुरालाई जसले आफ्नो जीवनमा पालना गर्छ उसले हरेक काममा पक्कै विजय प्राप्त गर्छ ।
फलको लालसा छोडेर काममा ध्यान
गीतामा श्रीकृष्णले मानिसले फलको लालसा त्यागेर आफ्नो कर्ममा ध्यान दिनुपर्छ भनेका छन । मानिसले जसरी काम गर्छ, त्यस अनुरुप नै फल प्राप्त गर्छ । त्यसैले मानिसले राम्रो कर्म गरिरहनुपर्छ ।
स्व – मूल्याङ्कन
श्रीकृष्णका अनुसार मानिसलाइ आफू स्वयंले भन्दा राम्रो अरु कसैले चिन्न सक्दैन । त्यसैले आफ्नो मूल्याङ्कन गर्नु अति आवश्यक छ। गीतामा भनिएको छ – जसले आफ्नो गुण र कमजोरी जानेकोछ उसले आफ्नो व्यक्तित्व निर्माण गरेर हरेक काममा सफलता प्राप्त गर्न सक्छ।
मनमा नियन्त्रण
हाम्रो मन नै हाम्रो दुखको कारण हो। श्रीकृष्णले गीतामा भनेका छन् – जसको मन नियन्त्रणमा हुन्छ, ऊ मनमा उत्पन्न हुने अनावश्यक चिन्ता र इच्छाहरूबाट टाढा रहन्छ। यसका साथसाथै मानिसले आफ्नो लक्ष्य पनि सजिलै प्राप्त गर्छ।
क्रोधमा नियन्त्रण
मानिसले जब क्रोधका कारण नियन्त्रण गुमाउँछ तब त्यो आवेगमा उसले गलत काम गर्दछ । कहिलेकाहीँ क्रोधित व्यक्तिले आफैलाई हानि पुर्याउँछ । गीतामा श्रीकृष्णले भनेका छन -क्रोधलाई आफूमाथि हावी हुन दिनु हुँदैन। रिस उठ्यो भने आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।
स्पष्ट दृष्टिकोण
गीताका अनुसार मानिसले संन्देह वा संशयको स्थितिमा रहनु हुँदैन । जो शङ्काको स्थितिमा रहन्छ उसलाई लाभ हुन सक्दैन । जीवनमा स्पष्ट दृष्टिकोण लिएर अघि बढनुपर्छ ।
प्रतिक्रिया