सातामा १८ अर्ब ६४ करोड ८१ लाख रुपैंयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से परिसुचक दुई हजार ४२ दशमलव सात अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव ३९ अंकमा कायम हुन पुगेको छ ।
सातामा दुुई सय ८५ वटा कम्पनीहरुको तीन लाख १४ हजार चार सय २८ पटकको कारोबारमा चार करोड ८२ लाख ४१ हजार आठ सय ७३ कित्ता शेयर किनबेच भएका छन् ।
सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम १८ अर्ब ६४ करोड ८१ लाख ६८ हजार चार सय ४९ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैंयाँले बढी हो ।
गत साता भने नेप्सेमा दुुई सय ७७ वटा कम्पनीहरुको एक लाख ८८ हजार छ सय ७९ पटकको कारोबारमा दुई करोड ८२ लाख २२ हजार नौं सय नौं कित्ता शेयर किनबेच भएका थिए ।
जसबाट उक्त साता कुल कारोबार रकम १० अर्ब २८ करोड ५५ लाख ४८ हजार आठ सय ७६ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नैं खुल्ला रहेकोमा पाँचैं दिन नेप्से बढेको थियो ।
जसमध्ये पहिलो दिन ४० दशमलव ४८ अंकले बढेर १९ सय ८० दशमलव शुन्य नौं अंकमा कायम हुन पुगेको नेप्से अन्तिम कारोबार दिन पनि पाँच अंकले बढेर दुई हजार ४२ दशमलव सात अंकमा पुग्न सफल भएको थियो ।
यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से बढेको थियो । यसैगरी पहिलो दिन छ दशमलव १० अंकले बढेर तीन सय ७० दशमलव ५२ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन भने शुन्य दशमलव ३० अंकले घटेर तीन सय ८३ दशमलव ३९ अंकमा खुम्चिन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने सेन्सिटिभ इन्डेक्स बढेको थियो ।
कारोबार भएका कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।
बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
प्रतिक्रिया