मानुषी लघुवित्तको चौंथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौैं । मानुषी लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाकी अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा संस्थाले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाको समग्र अवस्थाबारे प्रकाश पारिन । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन ।
सभामा वक्ताहरुले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७८/०७९ मा सहज हुँदै गएको तर पछिल्लो समय लघुवित्त माथि चौतर्फी आक्रमण हुँदा थपिएको चुनौतिका विषयमा बोलेका थिए ।
आ.व. २०७८/०७९ मा संस्थाको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । सोही आ.व.मा आइपिओ जारी गरी संस्थाले चुक्ता पुँजी रु १०,९३,७५,००० पुर्याएको थियो ।
आ.व. २०७८/०७९ मा संस्था कूल १,७२,३७,१०५ नाफा आर्जन गर्न सफल भएको छ । सभाले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रस्तुत सम्पूर्ण प्रस्तावहरु उपर छलफल गरि सर्वसम्मतिले अनुमोदन गर्यो ।
प्रतिक्रिया