मंगलबार, वैशाख ९, २०८२

रिलायवल नेपाल लाइफको छैंठो वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८० असार १ गते १५:५६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनीले शुक्रबार सञ्चालक समितीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारीत गरेको छ ।

सभामा शेयरधनीहरुले उठाउनु भएका जिज्ञासाहरुको अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।

सो अवसरमा कम्पनीलाई यहाँ सम्म पुर्याउन सहयोग गर्नै वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालहरुमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया