कर्णालीले पनि दियो सांसद विकास कोषलाई निरन्तरता
नेपालखोज
२०८० असार १ गते १६:३६

सुर्खेत । कर्णाली प्रदेश सरकारले सांसद विकास कोष कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम १० हजार रोजगारी सिर्जना गर्न ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहित योजना ल्याइएको छ ।
यस्तै, भौतिक पूर्वाधार, यातायात र शहरी विकासका क्षेत्रमा १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया