बिहीबार, वैशाख ११, २०८२

बक्री हुँदैछन् शनि, कुन राशिलाई हुन्छ फाइदा ?

नेपालखोज २०८० असार २ गते ५:२०

ज्योतिषहरुका अनुसार आज असार २ गते (१७ जुन)देखि शनि ग्रह वक्री हुने छन् जसको प्रभाव सबै १२ राशिमा पर्नेछ । ज्योतिषशास्त्रमा भनिएको छ- शनिले मानिसलाई उसको कर्म अनुसार फल दिन्छन्, जसका कारण उनलाई न्यायको देवता समेत भनिन्छ । शनि ग्रहको चाल परिवर्तनले राशिफलमा मात्र नभई देश तथा संसारमा भइरहेको गतिविधिमा पनि असर पर्छ ।

ज्योतिषीहरुका अनुसार शनिको वक्र गतिका कारण दुई अति दुर्लभ राजयोगको सृजना भइरहेको छ । एउटा राजयोग भदौ २५ गते (११ सेप्टेम्बर) र दोस्रो राजयोग असोज ९ (२६ सेप्टेम्बर)मा बन्नेछ । यी दुई राजयोगको सृष्टिका कारण ४ राशि छन् जसमा शनिको शुभ दृष्टि रहनेछ ।

आउनुहोस्, जानौं कुन राशिमा शनिको शुभ प्रभाव पर्छ ?

मेष- शनिको चाल वक्र भएका कारण बन्ने राजयोगको शुभ प्रभाव मेष राशिका मानिसहरुमा देखिनेछ । यो समयमा कार्यस्थलमा पदोन्नतिको अवसर मिल्नेछ भने व्यापार व्यावसायको क्षेत्रमा नयाँ अवसर जुटनेछ । व्यावसायबाट लाभ लिन सकिनेछ । स्थानान्तरणको अवसर पनि छ ।

वृष- शनि कुम्भ राशीमा प्रवेश गरेसँगै वृष राशिका व्यक्तिहरूले लाभ प्राप्त गर्न सक्छन् । यस अवधिमा आम्दानीका नयाँ स्रोतहरू उपलब्ध हुनेछन् भने परिवार र जीवनसाथीसँग राम्रो समय बिताउने मौका मिल्नेछ । परिवारका सदस्यहरूको पूर्ण सहयोग पनि रहनेछ जसले मन प्रसन्न राख्नेछ ।

मिथुन-मिथुन राशिका मानिसहरुमा पनि शनि वक्रीको शुभ प्रभाव रहनेछ । यो राशिका मानिसहरुलाइ नोकरी तथा व्यवसायको क्षेत्रमा उन्नतिको नयाँ अवसर मिल्न सक्छ । आकस्मिक धन लाभ हुने संकेत पनि छ । यो अवधिमा परिवारका सदस्यहरू पनि भेला हुन सक्छन् भने पैतृक सम्पत्ति लाभको सम्भावना छ ।

सिंह- शनिका कारण बन्ने राजयोगको शुभ प्रभावले सिंह राशिका मानिसहरूलाई पनि शुभ प्रभाव पार्नेछ । यो अवधिमा नयाँ घर वा कुनै चल/अचल सम्पत्ति खरिद गर्न सकिनेछ । यससँगै आम्दानीमा वृद्धि हुने सम्भावना छ । व्यापार व्यावसाय बिस्तार हुनेछ, जसबाट लाभ लिन सकिनेछ ।

प्रतिक्रिया