आइतबार, वैशाख ७, २०८२

मन्टोको प्रसंग

सुनील सापकोटा २०८० असार २ गते ८:०६

हिन्दी तथा उर्दू सहित्यमा अभिरुची राख्नेहरुले सआदत हसन मन्टोको नाम नसुनेको विरलै होला । ११ मइ १९१२मा उनको जन्म दिन । आजभन्दा चालीस/ पैंतालिस वर्ष अगाडि त्योबेला सारिका भन्ने एउटा हिन्दी साहित्यिक पत्रीकामा उनको सात/ आठवटा मात्र कथा प्रकाशित भएका थिए ।

उनको जति कथाहरु पढें ती कथाहले त्यो बेला मलाई प्रभाव पारेका थिए । उनी उर्दू साहित्यका एउटा हस्ती मानिन्छन् । उनका कथाहरु पढदा त्यो बेलाका उनका कथाका पात्रहरु अहिले पनि हाम्रो नेपाली समाजमा जिवन्त छन जस्तो लाग्छ । उनको मृत्यु १८ जनवरी १९५५ मा भैसकेको छ । उनले के भनेका छन भने- साहित्यमा जुन चिज जस्तो छ , त्यस्तै पस्किनु । मैले रचेका कहानीहरु लाई म एउटा ऐना सम्झिन्छु, जसमा समाजले आफैंलाई देख्न सकोस् ।

उनको एउटा दुस्खद प्रसङ्ग पनि छ । उनी गरीब लेखक हुन् । त्यो बेला उनी जहाँ बस्थे त्यहाँको नगर पालिकाले गरि खावोस भनेर उनलाई तांगा चलाउने लाइसेन्स दिएको थियो। लाइसेन्स लिएको केही दिन पछी उनको मृत्यु भयो। त्यसपछि उनकि पत्निले आफ्नो बच्चाहरुको पेट पाल्न पुनः नगर पालिका बाट लाइसेन्स लिइ तांगा चलाउन लागिन ।

एउटा मुस्लिम आइमाईले तांगा चलाएर जिविका चलाएको त्यहाँका मुल्ला मौलवीहरु लाई मन परेन र तिनीहरु नगर पालिकामा डेलिगेसन गएर उनको लाइसेन्स रद्द गराए । भोक प्यासबाट उनका बच्चाहरु खान नपाएर बेहाल भए पछी उनकि श्रीमतिले आफ्नो शरीर बेच्ने धन्धा शुरु गर्न नगर पालिका सँग लाइसेन्स मागिन तब कुनै नाइ नास्ती नगरी उक्त नगरपालिकाले उनलाइ वेश्यावृत्ति गर्ने लाइसेन्स चाहिँ दियो ।

प्रतिक्रिया