मंगलबार, वैशाख ९, २०८२

राष्ट्र बैंकद्वारा पुनः ३० अर्ब ८६ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०८० असार ३ गते १५:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः ३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असार पाँच गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको नौ अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब ३३ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० साउन २ गते, २०८० असोज २ गते, २०८० पुस ३ गते र २०८१ असार ५े तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार सोमबार बिक्री गरिने यी ट्रेजरी बिलहरू मध्ये ९१ दिने अवधिको नौ अर्ब ५३ करोड रुपैयाँ मध्ये चार अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब ३३ करोड रुपैयाँ मध्ये तीन अर्ब नयाँ रहे पनि बाँकी भने सबै पुरानो नवीकरण अन्तर्गतका रहेका छन् ।

यसअघि यही भदौ २९ गते पनि राष्ट्र बैकले २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया