प्रभु महालक्ष्मीको लोगो सार्वजनिक

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले यही जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।
आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ ।
यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ को लोगो सार्वजनिक गरेको छ ।
प्रभु लाइफ र महालक्ष्मी लाईफको देशै भरी एक सय ६७ शाखा-उपशाखा संचालनमा भई चार सय ४९ कर्मचारी कार्यरत रहेका छन । प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैंयाँ पुग्ने छ ।
बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने सहमति भएको जानकारी पनि कम्पनीले दिएको छ ।
प्रतिक्रिया