मंगलबार, वैशाख ९, २०८२

एन आई सी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच सम्झौंता

नेपालखोज २०८० असार ४ गते १२:३४

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंकबीच सम्झौंता भएको छ ।

१० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र एक हजार रुपैंयाँ अंकित मूल्यको १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैंयाँ बराबरको ११ प्रतिशत महालक्ष्मी डिबेन्चर, २०८९ को रजिष्ट्रार सेवा उपलब्ध गराउने बिषयमा दुबै कम्पनीहरुबिच सम्झौंता भएको हो ।

उक्त डिबेन्चर रजिष्ट्रार सेवा अन्तर्गत बाँडफाँडमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्रधनीहरुको लगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु २०८० साल आषाढ ५ गते मंगलबार देखि एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुने कम्पनीले जानकारी दिएको छ ।

साथै एन आई सी एशिया क्यापिटलको ‘आईडिया टु आईपिओ’ सेवा अन्तर्गत जुन सुकै अवस्था र जुनसुकै चरणमा रहेका कम्पनीहरुलाई क्ष्एइ जारी गर्ने तहसम्म पुर्याई सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउदै जानकारी पनि कम्पनीले दिएको छ ।

हाल सोही ‘आईडिया टु आईपिओ’ सेवालाई अझ बढी परिस्कृत गर्दै प्राइभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

प्रतिक्रिया