झण्डै तीन अंकले घट्दा चार अर्ब ७४ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन ५२ दशमलव २६ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार दुई दशमलव ९४ अंकले घटेर दुई हजार ९१ दशमलव ३९ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ८२ अंकले बढेर तीन सय ९२ दशमलव ३८ अंकमा चढेको छ ।
नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ६९ हजार एक सय ६८ पटकको कारोबारमा एक करोड २९ लाख ७५ हजार एक सय ६८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७४ करोड छ लामख आठ हजार आठ सय ८० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा आठ वटा समुहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ३२ अंकले घटेर १२ सय २४ दशमलव ६१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ८० अंकले घटेर २६ सय ५३ दशमलव ९६ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुुचक पनि एक सय ९३ दशमलव ८० अंकले घटेर ११ हजार तीन सय ८१ दशमलव ९४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ७७ दशमलव २५ अंकले घटेर १० हजार नौं सय २३ दशमलव ९८ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ८१ दशमलव ८६, ५२ दशमलव ५४, २९ दशमलव १३ र १२ दशमलव शुन्य आठ अंकले घटेका छन् ।
बिकास बैंक समुहको सुचक भने आज एक सय ३१ दशमलव ३७ अंकले बढेर तीन हजार आठ सय ९२ दशमलव ५४ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ८९ दशमलव ९० अंकले बढेर १८ सय १२ दशमलव ६३ अंकलमा चढेको छ । यसैगरी लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः दुई दशमलव २३, शुन्य दशमलव ४६ र ३३ दशमलव १३ अंकले बढेका छन् ।
नेप्सेमा आज सेन्ट्रल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ५६ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर १३ सय ५८ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी शिवम सिमेन्टको भने आज प्रतिकित्ता पाँच सय ६३ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा २९ करोड ८२ लाख १३ हजार पाँच सय ७४ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया