चार दलीय समाजवादी मोर्चा घोषणा

काठमाडाैं । चार दलीय समाजवादी मोर्चामा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समेट्ने घोषणा गरिएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा भएको हो ।
सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।
‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ । यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने पनि प्रतिबद्धता जनाइएको छ । तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया