फ्लप फिल्मका कारण हर्जाना तिर्ने स्टार
नेपालखोज
२०८० असार ५ गते १८:४६

काठमाडाैं । फ्लप फिल्म दिएपछि कतिपय स्टारले करोडौं क्षतिपूर्ति दिएका छन् ।
‘ट्यूबलाइट’ फ्लप हुँदा सलमान खानले ५५ करोड भारु हर्जाना भरेका थिए । अक्षय कुमारले फिल्म ‘बडे मियाँ छोटे मियाँ’को पारिश्रमिक ५० प्रतिशतले घटाएका थिए ।
‘हिरोपन्ती २’ असफल भएपछि टाइगर श्राफले पनि आफ्नो पारिश्रमिक कटौती गरे । ‘लाइगर’ फ्लप भएपछि विजय देवरकोंडाले आफ्नो पारिश्रमिकबाट ६ करोड रुपैयाँ फिर्ता गरेका थिए ।
आमिर खानले ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि १०० करोड क्षतिपूर्ति दिने निर्णय गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया