सोमबार, वैशाख ८, २०८२

हवाई इन्धनको मूल्य घट्यो

नेपालखोज २०८० असार ५ गते २१:१४

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटाई नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको जनाएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले घटाइ प्रति किलोलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यअनुरुप निमगलाई प्राप्त नयाँ मूल्यसूची घटेर आएकोले इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया