नेपालसहितका हिमनदीले ८० प्रतिशत हिउँ गुमाउँदै

काठमाडाैं । यदि हालकै दरमा ग्लोबल वार्मिङ जारी रहने छ भने हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरूले यो शताब्दीको अन्त्यसम्ममा आफ्नो ८० प्रतिशत हिउँ गुमाउने छन् । यसले नेपाल लगायत दक्षिण एसियाका धेरै देशहरूमा घातक प्रभाव पार्नेछ। वैज्ञानिकहरूको विश्वास हो भने यसले यस क्षेत्रमा बाढीको जोखिम बढाउँनेछ भने खानेपानीको संकट गहिरिदै जानेछ ।
यसका साथै यो हिन्दुकुश क्षेत्रको सम्पूर्ण हिमाली इकोसिस्टमले यसको प्रकोप भोग्नुपर्नेछ जुन पहिले देखि नै धेरै संवेदनशील छ । इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ICIMOD)ले जारी गरेको नयाँ प्रतिवेदन ‘वाटर, आइस, सोसाइटी एण्ड इकोसिस्टम इन हिन्दुकुश हिमालय’ मा यो जानकारी दिइएको हो ।
प्रतिवेदनमा दिइएको तथ्यांकअनुसार हिन्दुकुश क्षेत्रमा जम्मा भएको हिउँ निकै छिटो पग्लिरहेको छ । यी हिमनदीहरूको क्षतिको दर जुन २००० र २००९ को बीचमा प्रति वर्ष ण्।ज्ञठ मिटर बाट २०१० र २०१९ को बीचमा प्रति वर्ष ०।२८ मिटरले बढेको छ। यसको अर्थ २०१० र २०१९ बीच हिन्दुकुश हिमालयका हिमनदीहरूमा रहेको हिउँ अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत छिटो पग्लिरहेको छ ।
प्रतिवेदन अनुसार यदि तापक्रम वृद्धि १।५ वा दुई डिग्री सेल्सियस पुग्यो भने शताब्दीको अन्त्यसम्ममा यो सम्पूर्ण क्षेत्रमा भएका हिमनदीहरूले आफ्नो हिस्साको ५० प्रतिशतसम्म गुमाउनेछन् । उल्लेखनीय कुरा के छ भने हिन्दुकुश हिमालयमा सन् १९५१ देखि २०२० सम्म प्रति दशक औसत ०।२८ डिग्री सेल्सियसको तापक्रम वृद्धि भएको छ। तिब्बती पठार, अमु दर्या, ब्रह्मपुत्र बेसिन र मेकोङसहितको याङ्त्जे बेसिन प्रति दशक ०।६६ डिग्री सेल्सियसको दरले तातिरहेको छ।
यही कारणले गर्दा दक्षिणपूर्वी तिब्बत तथन न्यनकेन्टाङ्ल्हा क्षेत्रका हिमनदीहरूमा ठूलो क्षति भएको छ र त्यहाँ २०१० र २०१९ को बीचमा प्रति वर्ष ०।७८ मिटरले हिउँ घटेको छ। ४ डिग्री सेल्सियसको वृद्धिसँगै हिउँको आवरण २६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यी ग्लेशियरहरूको गिरावट तिनीहरूको स्थिति र तापमान वृद्धिमा निर्भर गर्दछ भने यो शताब्दीको अन्त्यसम्ममा तापक्रम वृद्धि तीन डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ।
यस्तो अवस्थामा नेपाल र भुटानको भूभाग समेटिएको हिमालयको पूर्वी क्षेत्रमा भएका हिमनदीको ७५ प्रतिशतसम्म हिउँ गुम्न सक्छ । अर्कातर्फ तापक्रम वृद्धि चार डिग्री सेल्सियस पुगे ८० प्रतिशतसम्म घट्न सक्छ । अन्वेषक तथा पर्यावरण वैज्ञानिक फिलिपस भेस्टर भन्छन्, ‘हामीले हिमनदीहरू गुमाउँदैछौं र आगामी १०० वर्षमा हिउँ पुर्णतया हराउनेछ ।
हिन्दुकुश हिमालय क्षेत्र नेपाल , भारत, अफगानिस्तान, बंगलादेश, भुटान, चीन, म्यानमार तथा पाकिस्तानमा गरि करिब ३,५०० किलोमिटरमा फैलिएको छ । इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट ९ क्ष्ऋक्ष्ःइम् ० का अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा अवस्थित हिमनदीहरू लगभग ७३,१७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका छन । यसमा सगरमाथा र के टु जस्ता विश्वका अग्ला हिमालहरू पनि पर्छन् । रिपोर्टहरू अनुसार ध्रुवीय क्षेत्रहरू बाहेक पृथ्वीको अधिकांश हिउँ यी पहाडहरूमा जम्मा छ ।
यसका कारण पश्चिमी कुनलुन र काराकोरम जस्ता क्षेत्रहरूमा पनि ठूला हिमनदीहरूले आफ्नो आधा भाग गुमाउनेछन्। हिमालयका यी हिमालहरूमा भएको हिउँले एसियाका करिब २०० करोड मानिसको ताजा पानीको आवश्यकता पूरा गर्ने गरेको छ । यी २०० करोड मानिस एसियाका १६ वटा देशमा बसोबास गर्छन् जसमध्ये नेपाल पनि एक हो । ती मानिसहरु मध्ये २४ करोड जनता हिमालयको पहाडी क्षेत्रमा बसोबास गरिरहेका छन् भने १६५ करोड तल्लो क्षेत्रमा बसोबास गरिरहेका छन् ।
आफ्नो पानीको आवश्यकताका लागि उनीहरू हिमालयको हिउँमा भर पर्ने नदीहरूमा पनि निर्भर छन्।
रिपोर्ट अनुसार यस क्षेत्रमा बिध्यमान बरफले गंगा, ब्रह्मपुत्र, सिन्धु, येलो, मेकोङ, याङ्त्से तथा इरावदी जस्ता १२ वटा प्रमुख नदीलाई जीवन दिन्छ । प्रतिवेदन भन्छ ( त्यहाँ जम्मा भएको हिउँ जसरी पग्लने छ, त्यहाँ सन् २०५० सम्ममा पानीको उपलब्धता चरम सीमामा पुग्नेछ र त्यसपछि यसको घटने क्रम सुरु हुनेछ अनि यहि कारणले यहाँ निर्भर व्यक्ति र जीवहरूको अस्तित्वमा खतरा उत्पन्न हुनेछ ।
यो क्षेत्रमा क्रायोस्फियरमा जसरी परिवर्तन भइरहेको छ त्यसको विनाशकारी नतिजा आउन सक्ने चेतावनी पनि वैज्ञानिकहरूले दिएका छन् । तिब्र गतिमा पग्लने हिउँका कारण जहाँ बाढीको जोखिम बढ्दै गएको छ त्यहाँ यो पहिरोको कारण पनि बन्ने अनुमान गरिएको छ । प्रतिवेदन अनुसार बढ्दो तापक्रमका कारण यस क्षेत्रमा रहेको हिउँको आवरण एक चौथाईले घट्ने छ ।
सम्पूर्ण इकोसिस्टममा खतरा
यो घटेको हिउँका कारण यहाँको जनजीवन दुस्प्रभावित मात्र नभएर जनजीविका समेत संकटमा परेको छ । यी पहाडी क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरू पहिले नै आफ्नो जीवनको लागि संघर्ष गर्दै आएका छन् र उनिहरु बारम्बार प्रकृतिको प्रहार सहन बाध्य छन्। यस्तो अवस्थामा यो परिवर्तनका कारण उनीहरूमा संकट थपिनेछ ।
यसबाट बालीमा असर पर्ने , घाँसको अभाव, गाईवस्तु मर्ने जस्ता घटना बढ्नेछन भने यसबाट आउने प्रकोपले जनधनमा ठूलो क्षति पु¥याउन सक्छ । यसका कारण यहाँका पूर्वाधारमा पनि क्षति पुग्नेछ । यस्तो अवस्थामा यहाँका मानिसहरूले शारीरिक मात्र होइन मानसिक क्षति पनि बेहोर्नुपर्ने हुन्छ। पहाडी क्षेत्रबाट बसाइसराइ बढ्नेछ। यस कारणले, समस्या धेरै जटिल हुनेछ र यसको परिणाम धेरै गम्भीर हुनसक्छ ।
यस क्षेत्रको जैविक विविधतामा पनि यसले गहिरो प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । यो क्षेत्र पहिले देखि नै धेरै संवेदनशील छ त्यसमाथि यो परिवर्तनको प्रभाव धेरै घातक हुनेछ । प्रतिवेदनको नतिजा अनुसार जलवायु परिवर्तनले यहाँ पाइने लगभग सबै प्रजातिलाई असर गर्नेछ । उल्लेखनीय कुरा के छ भने यस क्षेत्रले पहिले नै जैविक विविधता र प्रजातिहरूको गिरावट अनुभव गरिरहेको छ, जसमध्ये धेरै विलुप्त हुने अवस्थामा छन् ।
प्रतिक्रिया