मण्डलामा कोराघाट
नेपालखोज
२०८० असार ७ गते ७:४३

काठमाडाैं । मण्डला थिएटर नेपालले नियमित रुपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक कोराघाटलाई वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दैछन् ।
यो नाटक आज असार ७ गते बिहिवार देखी असारको २१ गतेसम्म हरेक साँझ ४ बजे र शनिवार दिउँसो १२ : १५ बजे पनि मञ्चन गरिने छ ।
मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’ को ११औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ लेखक कुमार नगरकोटीले लेखेको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’ मा आधारित छ ।
सम्बन्धित
प्रतिक्रिया