झन्डै पाँच अंकले बढ्दा तीन अर्ब ४४ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ अंकमा पुगेको छ ।
क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ३० अंकले घटेर तीन सय ८५ दशमलव ८१ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरूको ५६ हजार पाँच सय ५६ पटकको कारोबारमा ८० लाख आठ हजार दुई सय ४६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार भएकोमा चार वटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ९४ अंकले घटेर १२ सय सात दशमलव ११ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि २३ दशमलव ३१ अंकले घटेर तीन हजार सात सय ५८ दशमलव पाँच अंकमा झरेको छ ।
जलविद्युत समूहको सूचक पनि ४० दशमलव ७५ अंकले घटेर २५ सय छ दशमलव शून्य पाँच अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि चार दशमलव ४२ अंकले घटेर १७ सय १३ दशमलव १० अंकमा झरेको छ ।
यी बाहेक लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समूहहरूको सुचक पनि क्रमशः शून्य दशमलव २७, २३ दशमलव शून्य चार, २४ दशमलव ९४, शून्य दशमलव १६ र आठ दशमलव १७ अंकले घटेका छन् ।
जीवन बीमा समूहको सूचक भने तीन सय छ९ दशमलव २२ अंकले बढेर ११ हजार चार सय ३९ दशमलव ७९ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ९५ दशमलव २६ अंकले बढेर १० हजार नौ सय ६० दशमलव ३४ अंकमा चढेको छ । यी बाहेक होटेल तथा पर्यटन र अन्य समूहको सूचक पनि क्रमशः चार सय ४८ दशमलव ९८ र ११ दशमलव २४ अंकले बढेका छन् ।
नेप्सेमा आज तारागाउँ रिजेन्सी होटेलको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय ९२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को प्रतियुनिट सेयर मूल्य आठ दशमलव ४१ प्रतिशतले घटेर सात रुपैयाँ ५१ पैसामा कारोबार भएको छ ।
यसै गरी आज सोल्टी होटेल लिमिटेडको प्रतिकित्ता पाँच सय १३ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा २९ करोड ६३ लाख ८२ हजार सात सय ३८ रुपैयाँ पुगेको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया