उच्च अदालतले ‘आदिपुरुष’ नरोक्न आदेश दिएपनि वितरकले प्रदर्शन रोके

काठमाडौं । उच्च अदालतले फिल्म प्रदर्शनलाई नरोक्न आदेश दिएपनि भारतीय फिल्म आदिपुरुषका नेपालका लागि वितरकले फिल्म प्रदर्शन रोक्ने निर्णय लिएको छ ।
विवाद लामो समयसम्म नलम्बियोस् भन्ने उद्देश्यले उक्त फिल्म नचलाउने निर्णय गरेको फिल्मका वितरक मनोज राठीले जानकारी दिए ।
अरु भारतीय फिल्म चलाए पनि आदिपुरुष हलहरूमा नचलाइने उनले बताए । वितरकले नै फिल्म नचलाउने भएपछि आफूहरूले चलाउन नमिल्ने चलचित्र संघका उपाध्यक्ष भास्कर ढुंगानाले बताए ।
सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन आदेश गरेको थियो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए ।
प्रदर्शन रोकिएपछि हलहरूको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो ।
प्रतिक्रिया