प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा बीमा योजनाहरुको बारेमा जानकारी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा योजनाहरुको बारेमा जानकारी दिएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तिब्र गतिमा तयारी भइरहेको अवस्थामा कम्पनीले मर्जरपश्चात बन्ने कम्पनीको नाउँबाट जारी हुने बीमा योजनाहरुको बारेको बिज्ञप्ती मार्फत जानकारी दिएको हो ।
एकिकृत कारोबार पछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ले बजारमा विक्रिको लागि ल्याउने बीमा योजनाहरु (प्रोडक्ट) छनोट गर्नु आवश्यक थियो, कम्पनीले भनेको छ । दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि श्रावणएक गतेबाट विक्रि वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट भएको छ ।
नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउनउक्त योजनाहरु स्वीकृति समेत प्राप्त भैसकेको जानकारी पनि कम्पनीले दिएको छ ।
नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको छ ।
स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेको जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया