सोमबार, वैशाख ८, २०८२

६२ अंकले बढ्दा छ अर्ब ४९ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० असार १० गते १५:३७

काठमाडौं । नेप्सेमा उछाल देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ६२ दशमलव २१ अंकले बढेर २१ सय १७ दशमलव ७३ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ६४ अंकले बढेर तीन सय ९५ दशमलव ४५ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ९० हजार दुई सय ४९ पटकको कारोबारमा एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ रुपैंयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ७४ अंकले बढेर १२ सय १९ दशमलव ८५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि एक सय ७४ दशमलव ६९ अंकले बढेर तीन हजार नौं सय ३२ दशमलव ७४ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ९८ दशमलव नौं अंकले बढेर १८ सय ११ दशमलव १९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुुचक पनि ४६ दशमलव ४४ अंकले बढेर २५ सय ५२ दशमलव ४९ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि आठ सय ९१ दशमलव ५६ अंकले बढेर १२ हजार तीन सय ३१ दशमलव ३५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि छ सय ६६ दशमलव ९७ अंकले बढेर ११ हजार छ सय २७ दशमलव ३० अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचकहरु पनि क्रमशः ९३ दशमलव ५७, एक दशमलव ७१, दुई सय ३७ दशमलव चार, ६८ दशमलव २४, शुन्य दशमलव २६, ७९ दशमलव ६२ र एक सय ३१ दशमलव २४ अंकले बढेका छन् ।

नेप्सेमा आज लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १७ सय ४२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा शुभम पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ८१ प्रतिशतले घटेर सात सय ३६ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता छ सय पाँच रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा ४९ करोड ९० लाख ७३ हजार नौं सय २० रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया