रोमानियामा प्रकाश सपुतमाथि स्टेजमै आक्रमण
नेपालखोज
२०८० असार ११ गते ९:०८

काठमाडौं । नेपाली समुदायले आयोजनामा गरेका कार्यक्रममा सहभागी बन्न रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि स्टेजमै आक्रमण भएको छ ।
सामाजिक सञ्जालमा भेटिएको भिडियो क्लिपमा गएराति स्टेजमा सपुतले ‘बोलमाया’गाउदै गर्दा उनलाई दर्शकदिर्घाबाट बोतल प्रहार भएको देख्न सकिन्छ । बियरको बोतलले प्रकाशको देब्रे गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए।
सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिए ।
आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । यद्यपि, कुनै प्रहरी कारबाही गरिएको छैन । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया