सोमबार, वैशाख ८, २०८२

दिव्येश्वरी हाईड्रोको शेयर बिक्री प्रर्वन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

नेपालखोज २०८० असार ११ गते १५:०८

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड शेयर बिक्री प्रर्वन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले सत् प्रतिशत अर्थात् हाल कायम चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनीबिच आइतबार एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ र मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका छन् ।

उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया