सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु
नेपालखोज
२०८० असार ११ गते १५:१९

काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।
उक्त पुनर्जागरण अभियान यही २०८० साल असार ११ गते देखि २८ गतेसम्म लागूहुनेछ ।
पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया