सोमबार, वैशाख ८, २०८२

५६ अंकले बढ्दा पाँच अर्ब ४७ करोडको सेयर किनबेच

नेपालखोज २०८० असार १२ गते १५:३१

काठमाडौं । नेप्सेको उच्च अंकको बृद्धिले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन ११ दशमलव ६९ अंकले बढेको नेप्से आज पुन ५६ दशमलव ९४ अंकले बढेर २१ सय ८६ दशमलव ३६ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ४० अंकले बढेर चार सय १२ दशमलव ५१ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ८० हजार तीन सय ९८ पटकको कारोबारमा एक करोड ३१ लाख सात हजार ८० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ४८ दशमलव २५ अंकले बढेर १२ सय ७६ दशमलव ५० अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५३ दशमलव ७० अंकले बढेर चार हजार ११ दशमलव ६१ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ८३ अंकले बढेर १९ सय ५० दशमलव ४८ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव ७४ अंकले बढेर २५ सय ८१ दशमलव १२ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव ६८ अंकले बढेर १२ हजार चार सय १६ दशमलव ३१ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः ६० दशमलव ३९, शुन्य दशमलव शुन्य पाँच, तीन सय ५३ दशमलव ७०, शुन्य दशमलव २४ र ३१ दशमलव ३० अंकले बढेका छन् ।

निर्जीवन बीमा समुहको सुचक भने १४ दशमलव ९७ अंकले घटेर ११ हजार चार सय ९९ दशमलव ७९ अंकमा पुगेकोमा उत्पादनमुलक ट्रेडिङ समुहको सुचक पनि क्रमशः नौं दशमलव ९९ र १७ दशमलव ९९ अंकले घटेका छन् ।

नेप्सेमा आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय ९५ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिक्लेस हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन दशमलव ८८ प्रतिशतले घटेर तीन सय ९८ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

स्वालम्वन लघुवित्त वित्तीय संस्थाको भने आज प्रतिकित्ता नौं सय ३४ रुपैंयाँ अन्तिम मुल्यमा २५ करोड १२ लाख ३३ हजार छ सय ९४ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया