बिहीबार, वैशाख ११, २०८२

तुलसी रोप्ने केही नियम

नेपालखोज २०८० असार १३ गते ५:२०

हिन्दु धर्ममा तुलसीको बोटलाई पवित्र मानिन्छ। वेदमा उल्लेख भए अनुसार तुलसीको बोटमा लक्ष्मीको वास हुन्छ । घरमा तुलसीको बिरुवा छ भने लक्ष्मी र विष्णुको आशीर्वाद सदैव रहन्छ । यसका साथै यो बोट औषधीय गुणले पनि भरिपूर्ण छ । हिन्दू धर्ममा तुलसीको बोटको नियमित पूजा गर्नुपर्छ भनिएको छ । यसो गर्नाले घरमा लक्ष्मी माताको आशीर्वाद रहन्छ ।

यी कुराहरूलाई ध्यानमा राख्नुहोस्

घरमा तुलसीको बिरुवा रोप्नु अघि केहि महत्वपूर्ण कुरा जान्नु जरुरि छ जसले गर्दा देवी लक्ष्मीको कृपा सदैव कायम रहन्छ। यदि घरमा तुलसीको बिरुवा रोप्न चाहनुहुन्छ भने केहि गल्ती बाट जोगिनुपर्छ ।

घरको आँगनमा कुन तुलसी रोप्ने रु तुलसीका बिरुवा तीन प्रकारका हुन्छन्, प्रायः मानिसलाई यसको दुई प्रकार मात्र थाहा हुन्छ तर यो तीन प्रकारको हुन्छ ।

तुलसीका केही नियम

१ आइतबारको दिन तुलसीको बोटमा पानी चढाउनु हुँदैन र यसको पात पनि चुँडनु हुँदैन । यसो गर्नु अशुभ हो ।

२ बेलुका तुलसीको बोटको छेउमा दीप प्रज्वलित गर्नुपर्छ ।

३ तुलसीको बोट खुल्ला ठाउँमा मात्र रोप्नुपर्छ ।

४ तुलसीको सुख्खा पात फाल्नु हुँदैन , यसको पातहरू धोएर तुलसीको बोटमै हालिदिनुपर्छ जसले कीटनासकको काम गर्छ ।

५ यदि तुलसीको बोट सुकेको छ भने, यसलाई नजिकैको मन्दिरमा लगेर राख्नुपर्छ ।

६ तुलसीलाई दक्षिण(पूर्व दिशामा राख्नुहुँदैन ।

७ तुलसीलाई सधैं गमला , मठ आदिमा रोप्नुपर्छ ।

८ तुलसी वरिपरि फोहोर हुनुहुँदैन ।

९ तुलसीको बिरुवालाई काँडा भएका बिरुवाहरुबाट टाढै राख्नुपर्छ । त्यसैले तुलसी भएको ठाउँमा भरसक अरु बिरुवा नउलाउ ।

१० बिना कारण तुलसीको पात छुनुहुँदैन । न त कुनै पनि समयमा पात टिप्नु उपयुक्त हो । तुलसीलाई नधोइ छुनु राम्रो मानिदैन ।

प्रतिक्रिया