राष्ट्र बैंकले गर्याे दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि सार्वजनिक

कामाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०), २०७६ सार्वजनिक गरेको छ । मंगलबार रियल टाईम ग्रस सेटलमेन्ट (आरटिजिएस) मा आवद्ध भएका सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुमा नाउँमा कार्यान्वयनमा ल्याईने गरी उक्त कार्यबिधी संसोधन गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट सञ्चालन भएको आरिटिजिएसद्वारा कारोबार फछ्र्यौट हुने क्रममा आरटिजिएस सेटलमेन्ट एकाउन्टमा मौज्दात अपुग भई तत्काल भुक्तानी हुन नसक्ने अवस्था आएमा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई तत्काल आवश्यक पर्ने तरलता उपलब्ध गराउने उद्देश्यले दैनिक तरलता सुविधा प्रदान गर्ने व्यवस्था गर्न आवश्यक देखिएकोले नेपाल राष्ट्र बैंक ऐन (दोस्रो संशोधन, २०७३), २०५८ को दफा ११०(३) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि तयार गरिएको हो, राष्ट्र बैंकले भनेको छ ।
‘दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०), २०७६’ मा उल्लेख भए अनुसार दैनिक तरलता सुविधा उपयोग गर्ने प्रक्रियाबमाट सञ्चालित आर.टि.जि.एस. प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउने छन् । दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुईजना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्नेछ भने दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले यस बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्नेछ ।
सम्झौताको ढाँचा अनुसूची–२ मा उल्लेख भएबमोजिम हुनेछ । दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न यस बैंकको बैंकिङ विभागमा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा अनुसूची–३ मा उल्लेख भएबमोजिम हुनेछ । सोही आधारमा बैंकिङ विभागले प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिका बमोजिम निवेदक संस्थाको नाममा खाता खोली खाता नम्बर प्रदान गर्नेछ ।

प्रतिक्रिया