तुलसीको बोटको विशेष महत्त्व

धार्मिक मान्यता अनुसार निर्जला एकादशी, जय एकादशी, मोक्षदा एकादशी, पापमोचनी एकादशी, अमलकी एकादशी, अपरा एकादशी र मोहिनी एकादशी गरी वर्षमा २४ वटा एकादशी पर्छन् । यी २४ एकादशीमध्ये देवशयनी एकादशी पनि हो । यो एकादशीमा भगवान नारायण शयनकक्षमा जान्छन् र चार महिनासम्म निद्रा योगमा रहन्छन् ।
धार्मिक मान्यता अनुसार यो एकादशीबाट चातुर्मास सुरु हुन्छ । चतुर्मासको समयमा कुनै पनि शुभ कार्य गर्न वर्जित हुने जनविश्वास छ । ज्योतिषशास्त्र अनुसार देवशयनी एकादशीको दिन तुलसी सँग सम्बन्धित केहि उपाय अपनाउनु शुभ र लाभदायक मानिन्छ ।
धार्मिक मान्यता अनुसार तुलसीको बोटको विशेष धार्मिक महत्व छ । सनातन धर्ममा तुलसीलाई माता भनेर सम्बोधन गरिएको छ । शास्त्र अनुसार भगवान श्रीहरिलाई तुलसीको पात निकै प्रिय छ । भनिन्छ, एकादशीको दिन तुलसीको पूजा गर्ने व्यक्तिसँग भगवान विष्णु प्रसन्न हुन्छन् ।
केही उपाय
– देवशयनी एकादशीको दिन पूजा गर्दा तुलसीको अगाडि घ्यूको दियो बाल्नु शुभ मानिन्छ।
– देवशयनी एकादशीका दिन तुलसीको ११ पटक परिक्रमा गर्दा जीवनमा सुखको योग बन्छ
– एकादशीको दिन, भगवान विष्णुको पूजामा तुलसी प्रयोग गरिन्छ।
– भोगमा पन्जिरी भगवान विष्णुलाई अति प्रिय छ । भनिन्छ त्यसमा तुलसीको पात अवस्य हुनुपर्छ ।
– यदि आफ्नो दाम्पत्य जीवन सुधार्न चाहने हो भने यस दिन तुलसी मातालाई रातो कपडा चढाउनुपर्छ ।
प्रतिक्रिया