चतुर्मासमा ध्यान दिनुपर्ने कुरा

वैदिक पात्रो अनुसार आषाढ शुक्ल एकादशी र कार्तिक शुक्ल एकादशी बीचको चार महिनालाई चातुर्मास भनिन्छ । यो वर्षको आजदेखि चातुर्मास सुरु हुँदैछ । चातुर्मासका यी चार महिनामा देवताहरू योगनिद्रामा जान्छन् जसका कारण विवाह, गृहप्रवेश , नामकरण, बर्तमन्न जस्ता शुभ कार्यहरू हुँदैनन् । शास्त्रअनुसार यी चार महिना नियमको पालना गरि संयम पुर्वक जीवन बिताउने ब्यक्तिले यश तथा वैभव प्राप्त गर्छ भने उसलाई भगवान विष्णु र माता लक्ष्मीको आशीर्वाद समेत मिल्छ ।
आउनुहोस् हेरौं चतुर्मासमा ध्यान दिनुपर्ने कुराहरु
कालो कपडा लगाउनु हुँदैन
चतुर्मासमा कालो तथा नीलो रंगको कपडा लगाउनु हुँदैन । किनभने पूजामा कालो र नीलो रंग निषेध गरिएको छ । यसका साथसाथै कालो र नीलो कपडा त्याग्दा मनमा भक्तिको संचार हुन्छ र पूजामा मन लाग्छ ।
माटोका भाँडाको प्रयोग
चातुर्मासमा धातुका भाँडाहरू प्रयोग गर्नु हुँदैन । यदि सम्भव छ भने पातमा खाना खानुपर्छ । यदि त्यसो गर्न सकिदैन भने माटोका भाँडाहरू प्रयोग गर्न सकिन्छ । यसैगरि चातुर्मासमा दूध तथा फलफूल सेवन गर्नुपर्छ । यसो गर्दा अक्षय पुण्य प्राप्त हुन्छ ।
ब्रह्मचर्यको पालना
शास्त्र अनुसार यो चार महिना ब्रह्मचर्य पालन गर्नुपर्छ । यसका साथसाथै भगवानको भजन ( कीर्तनमा मन लगाउनुपर्छ । यसो गर्दा सबै पापबाट मुक्ति मिल्छ । यसका साथै चतुर्मासमा श्रद्धा वा प्रयत्नपूर्वक आफुलाइ मनपर्ने वस्तु बलिदान गर्ने व्यक्तिले परित्याग गरिएका वस्तुहरू नवीकरणीय रूपमा प्राप्त गर्छन्।
माङ्गलिक काम गर्नुहुँदैन
विष्णु पुराण अनुसार चतुर्मासमा तुलसीको पात टिप्नु हुँदैन । तुलसी भगवान विष्णुसँग सम्बन्धित मानिन्छ । तुलसीको अपमान गर्दा भगवान स्वयं क्रोधित हुन्छन् । चतुर्मासमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। चतुर्मासमा पिपलको रुख रोप्नुपर्छ । यसका साथसाथै दिनहुँ पिपलको पूजा गर्नुपर्छ ।
प्रतिक्रिया