बिहीबार, वैशाख ११, २०८२

हरिशयनी एकादशीको कथा

सुनिल उलक २०८० असार १४ गते ८:३९

काठमाडौं । आज हरिशयनी एकादशी, विष्णु भगवान् चार महिनाको लागी क्षीर सागरमा शयन गर्ने पहिलो दिन ।

आजबाट नारायण निद्रामा रहने हुँदा कुनै पनि पुण्य कार्य गर्न वर्जित गरिन्छ । तर अचेल पण्डितहरूले कुनै बेला, समय कालमा साइत जुराउन सक्दछ जसले गर्दा भन्न मन लाग्छ ती बेलाका पण्डित भन्दा अहिलेका पण्डित धुरन्धर पो हुन कि ।

आजबाट शयनमा जाने नारायण अब एकैचोटी हरिवोधनी एकादशीको दिन मात्र उठ्दछ । आजको दिन तुलसी रोप्ने दिनको रूपमा पनि लिइन्छ ।

राक्षस कुलमा जन्मेकी वृन्दा देवभक्त थिए । जसले गर्दा वृन्दाले गणेशलाई विवाह गर्न चाहेका थिए । तर गणेशले अस्वीकार गरेपछि गणेशलाई श्राप दिएर दुई पत्नी एकसाथ विवाह गर्न परोस् भनिए पछि गणेशको विवाह रिद्धी र सिद्धिसँग भएको थियो । यसपछि वृन्दाले नारायणको भक्ति गर्न थालिन ।

तर राक्षस गणकै जालन्धरसँगको विवाह पछि पतिव्रताको रूपमा रहेकी वृन्दाको सतीत्व विष्णुको छलबाट तोडिए पछि जालन्धरको हार तथा मृत्यु भएको थियो । जसको कारणले वृन्दाले विष्णुलाई श्राप दिई ढुङ्गा हुनु परोस् भनिए पछि विष्णु शालिग्रामको रूपमा ढुङ्गा भए ।

विष्णुले पनि वृन्दा प्रति अनुग्रह हुँदै तिम्रो छायामा सधैँ रहन पाउँ भन्दै वृन्दालाई तुलसी बनाइ दिए । तसर्थ तुलसीको बोटको तल शालिग्राम राख्ने प्रचलन छ । यसरी हरिशयनीको दिन वृन्दा तुलसीको रूपमा उत्पत्ति भएको दिन हुँदा आजको दिन तुलसी रोपण गरिन्छ ।

आजको चार महिना पछि विष्णु निद्राबाट उठेपछि कार्तिक शुक्ल एकादशीको दिन शालिग्रामको रूपमा रहेको विष्णु तथा तुलसीको रूपमा रहेकी वृन्दाको विवाह धूमधामसँग गराइन्छ ।

यो कथालाई भिन्न रूपमा पनि वर्णन गर्ने गरिन्छ ।

प्रतिक्रिया