संसारका सर्वाधिक सुन्दर मस्जिदहरू

काठमाडाैं । ईद उल अजहा (बकरिद) पर्व २९ जुनका दिन विश्वभर मनाइनेछ । यस दिनलाई बकर इद, बकरिद वा इद उल अजहा पनि भनिन्छ। बकरिद इस्लाम धर्मको महत्वपूर्ण चाड मध्ये एक हो । इद उल अजहा पर्वलाई बलिदानको प्रतीक मानिन्छ। जसका कारण इस्लाम धर्ममा यो दिन बलिदानको ( कुर्बानी ) विशेष महत्व छ । बकरिदको दिन विश्वभरका मस्जिदमा रमाइलो देख्न सकिन्छ ।
जब मस्जिदको कुरा आउँछ तब संसारका सबैभन्दा सुन्दर र उत्कृष्ट मस्जिदहरूको कुरा पनि आउँछ । केही मस्जिद संसारभर प्रसिद्ध छन र तिनलाई हेर्न टाढा टाढाबाट मानिसहरू आउँछन्।
शेख लोतफोल्लाह मस्जिद
यो सुन्दर मस्जिद इरानको इस्पाहान शहरमा अवस्थित छ। यसमा गरिएको निलो नक्काशीले यसलाई अन्य मस्जिदभन्दा फरक बनाउँछ। यो मस्जिद १६०२ 1602 देखि १६१९ को बिचमा बनाइएको थियो। यो सुन्दर र विशाल मस्जिदमा इरानी वास्तुकलाको अनुपम उदाहरण देखिन्छ।
शेख सय्यद ग्रान्ड मस्जिद
यो मस्जिद अबु धाबी, संयुक्त अरब इमिरेट्समा स्थित छ। संसारको तेस्रो ठूलो शेख सय्यद ग्रान्ड मस्जिद निकै सुन्दर छ। यसको भित्र संसारको सबैभन्दा ठूलो हातले बुनिएको कार्पेट राखिएको छ जुन १२००० कलाकारहरूले बनाएका हुन् । यो मस्जिद ८२ गुम्बज र १००० स्तम्भमा खडा छ। यो मस्जिदको निर्माण सन् १९९६ मा सुरु भै १२ वर्षमा सम्पन्न भएको थियो । यो मस्जिद बनाउन करिब ५ हजार करोड रुपैयाँ खर्च भएको छ । यसलाई बनाउन मार्बल, सुन, बहुमूल्य पत्थर, क्रिस्टल तथा सेरामिकको प्रयोग गरिएको छ ।
अक्सुनकुर मस्जिद
अक्सुनकुर मस्जिद इजिप्टको राजधानी कायरोमा अवस्थित छ। यसको निर्माण १४ औं शताब्दीमा ओटोम्यान शैलीमा गरिएको थियो। अक्सुनकुर मस्जिदमा यसको संस्थापक शम्स अल-दिन अक्सुनकुर र उनका छोराहरूको चिहान छ । यो सुन्दर भवनलाई साइप्रस रूखको आकारमा विशिष्ट इज्निक टाइलहरूले सजाइएको छ। यो मस्जिदमा ढुङ्गाहरु जोडेर नक्काशी पनि गरिएको छ । यो कायरोको प्रमुख पर्यटकीय स्थल मध्ये एक हो।
ब्लू मस्जिद
सुल्तान अहमद मस्जिद जसलाई बोलिचालिमा ब्लू मस्जिद भनिन्छ, टर्कीको इस्तानबुलमा अवस्थित छ । यसको भव्य छत २० हजार हातले चित्रित नीलो इज्निक टाइलले ढाकिएको छ। यहि कारणले यसलाई ब्लू मस्जिद पनि भनिन्छ । यो मस्जिद १६०९ र १६१६ को बीच ओटोमन साम्राज्यकालमा निर्माण गरिएको थियो । यो सुन्दर मस्जिद परम्परागत इस्लामिक तथा बाइजान्टिन क्रिश्चियन वास्तु शैलीको मिश्रणमा बनेको छ। ६ वटा मिनारले घेरिएको यो मस्जिद निकै सुन्दर छ ।
नसीर ओल मोल्क मस्जिद
यो मस्जिद इरानमा अवस्थित छ र यसलाई पिंक मास्क वा गुलाबी मस्जिद पनि भनिन्छ। यो इरानको सबैभन्दा सुन्दर मस्जिदहरू मध्ये एक हो। यो मस्जिदको बाहिरी सौन्दर्य मात्र होइन भित्री सौन्दर्यले पनि मानिसलाई आकर्षित गर्छ । नासिर ओल मोल्क मस्जिद फारसी नक्काशीले सजाइएको छ। यसको भित्र रंगीन शिशा जडान गरिएको छ।
अल हरम मस्जिद
यो पवित्र मस्जिद साउदी अरबको मक्का सहरमा अवस्थित छ। अल हरम मस्जिद विश्वभरका मुस्लिमहरूको आस्थाको केन्द्र हो। यो इस्लाम धर्मको सबैभन्दा पवित्र स्थान मध्ये एक हो। यो संसारको सबैभन्दा ठूलो मस्जिद हो र यहाँको प्रार्थना बिना हज यात्रा पूरा मानिदैन। हजको समयमा यहाँ लाखौं मानिस पुग्छन् ।
अल अक्सा मस्जिद
अल-अक्सा मस्जिद इजरायली शहर जेरुसेलममा अवस्थित छ। यसलाई इस्लाम धर्मको तेस्रो पवित्र स्थल मानिन्छ। युनेस्कोद्वारा मान्यता प्राप्त अल-अक्सा मस्जिद मुस्लिम र यहूदी दुवैका लागि पवित्र स्थान हो।
शाह फैसल मस्जिद
पाकिस्तानमा अवस्थित शाह फैसल मस्जिदलाई विश्वको छैठौं ठूलो मस्जिद मानिन्छ। यसलाई पाकिस्तानको राष्ट्रिय मस्जिद भनिन्छ। यो मस्जिद टेन्टको आकारमा बनाइएको छ । यसलाई बनाउन कन्टेम्पोररी डिजाइन प्रयोग गरिएको छ।
उबुदिया मस्जिद
यो सुन्दर मस्जिद मलेसियाको क्वाला काङ्सार नामक सानो शहरमा अवस्थित यो मस्जिदको निर्माण १९१४ मा गरिएको थियो । यो मस्जिदमाथि सुनको गुम्बज छ भने यसलाइ सेतो पेन्टले रंगाइएको छ।
वजीर खान मस्जिद
पाकिस्तानको लाहोर सहरमा रहेको यो मस्जिद १७ औं शताब्दीमा बनेको हो । मुगल सम्राट शाहजहाँको शासनकालका मन्त्री वजिर खानले यसको निर्माण गराएका थिए ।
प्रतिक्रिया