बिहीबार, वैशाख ११, २०८२

यक्ष प्रश्न र जीवनको सार

हरिविनोद अधिकारी २०८० असार १५ गते ५:२७

प्रश्न —जगत केले ढाकेको छरु कसको कारणले जगत प्रकाशित हुन सक्दैनरु मनुष्यले मित्रलाई किन छोड्छरु मानिस के कारणले स्वर्ग जान सक्दैन ?

उत्तर —जगत अज्ञानताले ढाकेको हुन्छ । तमोगुणका कारणले संसार प्रकाशित (उज्यालो ) हुन सक्दैन । लोभको कारणले मानिसले मित्रलाई पनि त्याग्छ र आशक्तिका कारणले मानिस स्वर्ग जान सक्दैन ।

प्रश्न —कुन अवस्थामा पुरुषले आफूलाई मरेतुल्य ठान्छ ? राष्ट्र कुन बेलामा मरेको जस्तै (असफल राष्ट्र) हुन्छ ? श्राद्ध कुन बेलामा मरेतुल्य मानिन्छ ? यज्ञ कसरी मरेको यज्ञ मानिन्छ ?

उत्तर —दरिद्र पुरुषले आफूलाई मरेतुल्य ठान्छ । विना राजाको (विना परिपक्व नेता) राज्य मरे जस्तै हो, त्यो राज्य असफल हुन्छ । श्रोत्रिय ब्राह्मण विनाको श्राद्ध (वेदको ज्ञान नभएको, कर्मकाण्डको ज्ञाता व्यक्ति ब्राह्मण छैन भने) त्यो श्राद्ध मरेको हो र विना दक्षिणाको यज्ञ मरेको यज्ञ मानिन्छ अर्थात् यज्ञका ब्राह्मणहरूलाई दक्षिणा दिएर सन्तुष्ट पार्नुपर्छ ।

प्रश्न —दिशा के हो ? जल के हो ? अन्न के हो ? विष के हो ? श्राद्धको समय कुन हो ?

उत्तर — सत्‌पुरुष दिशा हुन् (किनभने उसले जीवनको बाटो देखाउँछन् र आफू पनि सत्मार्गमा हिँडेका हुन्छन्) । आकाश जल हो (किनभने आकाशमा बादल बन्छ, जीवनदायिनी पानी पर्छ) । गाई नै अन्न हुन् (किनभने गाई गाईले दिन दूधबाट घिउ बन्छ, घिउले यज्ञमा होम गर्ने चरु बन्छ, त्यही यज्ञबाट उब्जने धुवाँले बादल बन्छ, त्यही बादलले पानी पार्छ, त्यही पानीबाट जीवन चल्छ) । स्वार्थी प्रार्थना या कामना (अनावश्यक प्रशंसा) विष हो र ब्राह्मण नै श्राद्ध हुन् ।

प्रश्न —उत्तम क्षमा कुन हो ? लज्जा कसलाई भन्छन् तपको लक्षण के हो ? दम कसलाई भन्छन् ?

उत्तर —विवाद, द्वन्द्व सहनु उत्तर क्षमा हो । गर्नु नहुने कामबाट टाढै बस्नु नै लज्जा हो । आफ्नो धर्ममा दृढ रहनु नै तपको लक्षण हो । मनको दमन नै दम हो ।

प्रश्न —ज्ञान भनेको के हो ? शम केलाई भनिन्छ ? दया कसको नाम हो ? आर्जव (सरलता) भनेको के हो ?

उत्तर —वास्तविक वस्तुको बारेमा सही जानकारी राख्नु ज्ञान हो । चित्तको शान्ति शम हो । सबैको सुखको इच्छा राख्नु नै दया हो र समचित्त (समानता) हुनु आर्जव (सरलता) हो ।

प्रश्न —मनुष्यको दुर्जय शत्रु के हो ? अनन्त व्याधि (रोग) कुन हो ? कसलाई साधु भन्न सकिन्छरु अनि असाधुचाहिँ को हो ?

उत्तर —क्रोध मानिसको दुर्जय शत्रु हो । लोभ मानिसको अनन्त व्याधि हो, त्यो कहिल्यै बिसेक हुँदैन । जसले समस्त प्राणीहरूको हितको कामना गर्छ, उही नै साधु हो र निर्दयी व्यक्ति नै असाधु हो ।

प्रश्न —मोह केलाई भनिन्छ ? मान केलाई मानिन्छ ? आलस्य केलाई मान्न सकिन्छरु र शोक केलाई भनिन्छ ?

उत्तर —धर्मान्धता वा धर्ममूढता मोह हो । आत्माभिमानी मान हो, धर्म नगर्नु आलस्यता हो भने अज्ञानता नै शोक हो ।

प्रश्न —ऋषिहरूले स्थिरता केलाई मान्दछन्रु धैर्य भनेको के हो ? स्नान केलाई भनिन्छरु दान कसको नाम हो ?

उत्तर —आफ्नो धर्म ९कर्तव्य० प्रति दृढता नै स्थिरता हो। इन्द्रिय निग्रह ९नियन्त्रण० नै धैर्यता हो, मानसिक दुर्बलता छोड्नु स्नान हो ९मानसिक फोहोर सफा गर्नु नै स्नान हो ० भने प्राणीहरूको रक्षा गर्नु नै दया हो।

Ins

प्रतिक्रिया