मुख्यमन्त्री कार्कीले पाउलान् आज विश्वासको मत ?

काठमाडाैं । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने सम्भावना रहेकाे छ । हिजाे (बिहीबार) विश्वासकाे मत लिने भनिए पनि मुख्यमन्त्री कार्की अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएकाे बैठक पुनः सुरू नभइ रातl सूचना जारी गर्दै आज ११ बजेसम्मलाई स्थगित गरिएकाे थियाे । साेहीअनुरुप आज बिहान ११ बजे कोसी प्रदेशसभाकाे बैठक बस्दै छ ।
सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोसी प्रदेशसभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यकपर्छ ।
जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोसी सरकार यथावत रहने भए पनि साे पार्टीले तटस्थ बस्ने जनाए पछि मुख्यमन्त्री कार्की अप्ठयाराेमा परेका थिए । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोसीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले मत नपाउने भए पछि उनी विश्वासकाे मत पाउने बैठकमा अनुपस्थित हुन परेकाे हाे ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
प्रतिक्रिया