आइतबार, वैशाख ७, २०८२

कुनै मान्छे

केशव आचार्य २०८० असार १६ गते ८:२१

कुनै मान्छे जब पुरै कुलतको दास हुन्छ।
बिस्तारै बिस्तारै उस्को इज्जत खलास हुन्छ।

रिन काढेर जो मोजमस्तिमा रमाऊँछ नि,
एकदिन उस्को परिवारकै उठिबास हुन्छ।

बिना परिश्रमको धनमा लालची हुन्छ जो,
भलाद्मी झै देखिए पनि ऊ बदमास हुन्छ।

आफू भित्र कस्तो मान्छे लुक्याछ चियाई हेर,
कस्तो छ- तिम्रो चरित्र स्वतस् पर्दाफास हुन्छ।

रुप राम्रो हुँदैमा सर्बत्र सुवास चल्छ नठान्नु,
राम्रो फुल्छ र पनि पलासको उपहास हुन्छ।

तनलाई जस्तै मनलाई पनि सफा राख्नू,
बादल हटे पछि मात्र सफा आकाश हुन्छ।

धन कमाऔं या गरिबीमै जीवन बिताऔँ,
नबिर्सौं- हाम्रो मृत्यु हाम्रै आसपास हुन्छ।

प्रतिक्रिया