बिहीबार, वैशाख ११, २०८२

सद्गुरु वाणी !

नेपालखोज २०८० असार १९ गते ५:३६

– प्रत्येक मानिसमा केही निश्चित भित्री प्रतिभा हुन्छ । तर प्रायस् उनीहरू त्यसलाई अरू कोही जस्तो बन्न खोजेर बर्बाद गर्छन् ।

– विचार र भावना भिन्न(भिन्न चीज होइनन् । तपाईं जसरी सोच्नुहुन्छ, त्यसैअनुरूप महसुस गर्नुहुन्छ ।

– तपाईं जति बढी सुरक्षा खोज्नुहुन्छ, तपाईं त्यति बढी असुरक्षित बन्नुहुन्छ । निष्फिक्री हुँदाको अवस्थामा मात्र सही सुरक्षा हुन्छ ।

– परम्परा भनेको हामीअघिका पुस्ताकै नक्कल गर्नु होइन । बरू उनीहरूका अनुभवबाट सिक्नु हो ।

– तपाईंले आफूलाई तृप्त पार्न सम्भव भएजति तरिका प्रयास गर्नुभएको छ, अनि कुनै पनि चीजले वास्तवमा काम गर्दैन भनेर तपाईंमा बोध भएको छ भने यसको अर्थ तपाईं यस बिन्दुमा आइपुग्नुभएको छ— ‘र अब, योग ।’

– ध्यान योग्यताको विषय होइन बरु इच्छुकता विषय हो ।-८ जीवन न इनाम हो न दण्डस यो बस् अद्‌भुत प्रक्रिया हो । तपाईंले यसलाई राम्रोसँग सवारी गर्नुभयो भने यो सुन्दर र सानदार बन्नेछ । तपाईंले यसलाई नराम्रोसँग सवारी गर्नुभयो भने यो भद्दा र पीडादायी बन्नेछ ।

– जब तपाईं आफू स्वय‌म्‌लाई जान्नुहुन्न, तबमात्र अरू मानिसहरूका धारणा महत्त्वपूर्ण बन्दछ ।

– अस्तित्वमा भइरहेका सबै गतिविधिहरू सतहमा हुन्छन् । वास्तविक चीज भने सधैँ स्थिर हुन्छ ।

– ईश्वर स्वर्गबाट अवतरित भएको तत्त्व होइन— बरू यो यस्तो सिँढी हो जसमा चढेर तपाईं उच्चतम सम्भावनामा प्रस्फुरित हुन सक्नुहुन्छ ।

– यदि तपाईं रूपान्तरण चाहनुहुन्छ भने त्यसको सबैभन्दा ठूलो हिस्सा तपाईंको शरीरमा हुनुपर्छ, किनकि मनको तुलनामा शरीरले निकै बढी स्मृति बोकेको हुन्छ ।

-८ बाध्यात्मक प्रतिक्रिया ९च्भबअतष्यल० व्यक्तिको विगतका स्मृति र निष्कर्षहरूमा आधारित हुन्छ । सचेतन प्रतिक्रिया ९च्भकउयलकभ० यस क्षणमा गरिने चेतन प्रक्रिया हो । सचेतन प्रतिक्रिया जनाउन सिक्नुहोस्, न कि बाध्यात्मक प्रतिक्रिया गर्न ।

प्रतिक्रिया