कारोबार रकम भने दुई अर्ब ५७ करोड रुपैंयाँमा खुम्चियो

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २१ दशमलव ३२ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ८२ वटा कम्पनीहरुको ४६ हजार सात सय ३१ पटकको कारोबारमा ६४ लाख ५० हजार नौं सय ३४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव शुन्य सात अंकले बढेर १२ सय १५ दशमलव ४७ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ३१ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार सात सय ७६ दशमलव १९ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ३५ दशमलव ३४ अंकले बढेर १८ सय ७९ दशमलव ५३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि तीन दशमलव १६ अंकले बढेर २४ सय २१ दशमलव आठ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ५० अंकले बढेर १२ हजार तीन सय ७० दशमलव २४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव शुन्य सात अंकले बढेर ११ हजार तीन सय १८ दशमलव १७ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ३३ दशमलव ३४, शुन्य दशमलव ९९, ४० दशमलव शुन्य आठ, ३० दशमलव २१, शुन्य दशमलव शुन्य दुई, २४ दशमलव ६७ र १५ दशमलव ८१ अंकले बढेका छन् ।
नेप्सेमा आज सिटी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ५९ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर एक हजार तीन सय ९९ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी नागरिक लगानी कोषको भने प्रतिकित्ता दुई हजार एक सय ३९ रुपैंयाँ अन्तिम मुल्यमा १२ करोड १७ लाख आठ सय ३० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया