मंगलबार, वैशाख ९, २०८२

कलाकार रोबिन तामाङको निधन

नेपालखोज २०८० असार १९ गते २२:५८

काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । आज बूढानीलकण्ठस्थित घरमा तामाङको शव भेटिएको हो । मृत्युको कारण खुलेको छैन ।

रोबिनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो । निकट स्रोतले सो खबर आधिकारिक भएको पुष्टि गर्यो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार घरको कोठाभित्र घोप्टो परिरहेको अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेका थिए । कोठाको ढोका भित्रबाट लगाइएको थियो । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

तामाङका चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु हिट छन् । उनले छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा अभिनय पनि गरेका छन् ।

प्रतिक्रिया