आइतबार, वैशाख ७, २०८२

गल्ती नगर्नु बुद्धिमानी होइन

नेपालखोज २०८० असार २० गते ६:१६

साहस भनेको डरको सामना गर्ने क्षमता हो साहस त्यो गुण हो, जसले मानिसलाई डरको सिकार नभई विपत्तिको सामना गर्न सक्षम बनाउँछ। साहस न त निडरताको नाम हो न त अविश्वासी व्यवहारको । साहस डरसँग निरन्तर भिड्ने कुराक‍ो नाम हो । साहस भनेको बलियो संकल्प अनि बुद्धिको प्रदर्शन हो।

शिष्टाचारका अगाडि मलिनता टिक्न सक्दैन

जीवनको कुनै न कुनै बिन्दुमा हामिले अनौठो स्वभावको व्यक्ति पनि भेट्छौं । उनीहरूले जतिसुकै मनमोहक कुरा गरेर हामीलाई आकर्षित गर्ने प्रयास गरे पनि हामी आफुले उनीहरूको स्तरमा पुग्नु हुँदैन । यसै गरि उनिहरु सँग झुक्नु पनि हुँदैन । यदि हामि नम्र भएर बोल्छौं भने उनिहरुसँग पनि मिठो बोल्नुको विकल्प हुँदैन। उनीहरूको दुस्टता हाम्रो शिष्टाचारका अगाडि सानो हुन्छ ।

असफलताको डरले हामीलाई असफल बनाउँछ

असफलताको डरले जीवनमा एउटा मात्र कुरा सुनिश्चित गर्छ र त्यो हो असफलता। महान व्यक्तिहरूले असफलताको डरको सामना गर्ने र त्यसको डरका बाबजुद काम गर्ने बानी बसाए । यो साहसी बानी उनीहरूको चरित्रको हिस्सा बन्न पुग्यो। हामि आफ्नो सपनाको दिशामा आत्मविश्वासका साथ अघि बढेर असफलताको डरलाई पूर्ण रूपमा हटाउन सक्छौं ।

समानुभूतिशील हुनु र गल्तीहरूको स्वामित्व लिनु

उमेर पुगेपछि गल्ती गर्नु र त्यसबाट पाठ सिक्नु पीडादायक हुन्छ। उमेरसँगै नयाँ गल्ती हुनु स्वभाविक हो । यसमा हामीले लाज र हिचकिचाहट महसुस गर्नु हुँदैन। आफैप्रति सहानुभूति राख्दै आफ्नो गल्ति स्वीकार गर्न सिक्नुपर्छ । गल्ती नै नगर्नु बुद्धिमानि होइन बरु गल्ती गरिसकेपछि आफ्नो इज्जत र गौरव कसरी जोगाउने भन्ने कुरा बुद्धिमानि हो।

प्रतिक्रिया